त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि हुने (तालिकासहित) - Chaitanya News
  • 2026-05-01
  • 16:17:58
  • शुक्रबार,बैशाख १८, २०८३
  • त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि हुने (तालिकासहित)

    त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि  हुने (तालिकासहित)

    काठमाडौं – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ ।

    परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।

    चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् ।

    यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए । त्यसपछि पूर्व निर्धारित मितिभन्दा मिति दुई दिन पछि सारेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको छ । संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् ।

    त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २÷२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यद्यपि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन हुनेछ ।

    २०६५ चैतयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।