काठमाडौं- नेपाल सरकारका दुई सचिवको सरुवा भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको सरुवा गरेको हो।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरी पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सामान्यका अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको बताइएको छ ।