काठमाडौं– त्रिवि शिक्षण अस्पतालले विभिन्न पदमा डाक्टर माग गरेको छ। अस्पताल कर्मचारी प्रशासन शाखाले ५ जना क्लिनिकल रजिष्ट्रार पदमा करार सेवामा नियुक्तिका लागि सूचना जारी गरेको छ।
अस्पतालले सामान्य चिकित्सा विभागमा २, एनेस्थेसियोलोजी विभागमा २ र बालरोग विभाग १ जना डाक्टर माग गरेको हो।
किएको विधामा एम.एस.एम.डी. उत्तीर्ण इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनसक्ने अस्पतालले जानकारी दिएको छ।
![]()