सञ्चार र न्यायालयमाथि कसैको धम्की कांग्रेसलाई स्वीकार्य हुँदैन  : कोइराला - Chaitanya News
  • 2026-05-14
  • 14:16:33
  • बिहिबार,बैशाख ३१, २०८३
  • सञ्चार र न्यायालयमाथि कसैको धम्की कांग्रेसलाई स्वीकार्य हुँदैन  : कोइराला

    सञ्चार र न्यायालयमाथि कसैको धम्की कांग्रेसलाई स्वीकार्य हुँदैन  : कोइराला

    काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सञ्चार क्षेत्र र न्यायपालिकामाथि कसैको पनि धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यायपालिकामाथि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार सञ्चार क्षेत्रमाथि दिएको टिप्पणीप्रति नेता कोइरालाले प्रतिक्रिया दिएका हुन्।

    कांग्रेस जिल्ला कार्यसमिति चितवनले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेता कोइरालाले उक्त प्रतिक्रिया दिएका हुन्। ओली र लामिछानेले दिएका अभिव्यक्तिप्रति लक्षित गर्दै डा। कोइरालाले भने, स्वतन्त्र न्यायपालिका र सञ्चार क्षेत्र लोकतन्त्रका आधार स्तम्भ हुन्। यी संस्थामाथि कसैले दिएको धम्की र अनावश्यक टिप्पणी कांग्रेसलाई स्वीकार्य हुँदैन।

    नेता कोइरालाले रवि लामिछानेको सांसद पद खारेज भएर रिक्त रहेको चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कांग्रेसले जित्नुपर्ने बताए।