मधेस प्रदेशमा कांग्रेस १६ विभाग प्रमुख मनोनित - Chaitanya News
  • 2026-05-14
  • 14:16:46
  • बिहिबार,बैशाख ३१, २०८३
  • मधेस प्रदेशमा कांग्रेस १६ विभाग प्रमुख मनोनित

    मधेस प्रदेशमा कांग्रेस १६ विभाग प्रमुख मनोनित

    काठमाडौं– नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले १६ वटा विभाग प्रमुखहरु चयन गरेका छन्। कांग्रेस विधानको धारा १३ को उपधारा ११ (क) र (झ) अनुसार यादवले १६ वटा विभाग प्रमुख मनोनित गरेको कांग्रेस मधेस प्रदेश समितिका मुख्यसचिव सन्तुप्रसाद यादवले विज्ञप्ति जारी गरी जनाएका छन्।

    कांग्रेसको मधेस प्रदेश समिति अन्तर्गतको भाषा साहित्य विभागको प्रमुखमा अर्जना चौधरी, कृषि तथा भूमि सुधार विभागको प्रमुखमा अतिरतर रह्मान, अभिलेख अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा विन्दा कार्की, भ्रातृ संस्था समन्वय विभागमा सूर्यबहादुर थापा मनोनित भएका छन्।

    यसैगरी प्रादेशिक कानुन तथा संसदीय मामिला विभागमा रामबाबु साह, शिक्षा विज्ञान तथा प्रविधि विभागमा शिवनारायण यादव, द्वन्द्व व्यवस्थापन विभागमा सोनीकुमारी योन्जन, पेसागत तथा बुद्धिजीवी विभागमा सुरेशलाल कर्ण, युवा तथा खेलकुद मन्त्रालय विभागमा सरोज यादवलाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ।

    यस्तै, जल ऊर्जा तथा प्राकृतिक स्रोत विभागमा जसोधा देवी, अन्य पार्टी सम्पर्क विभागमा बासुलाल महतो, भौतिक पूर्वाधार तथा यातायात विभागमा रामाकान्त चौरसिया, वैदेशिक रोजगारी समन्वय विभागमा अख्तर अली, शुभेच्छुक संस्था समन्वयन विभागमा राजेश गिरी, महिला विभागमा भावना ढुंगेल र प्रशिक्षण उपप्रमुखमा रेखा यादवलाई मनोनित गरिएको छ।