रास्वपाले छाडेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई - Chaitanya News
  • 2026-09-08
  • 21:04:06
  • मंगलबार,भाद्र २३, २०८३
  • रास्वपाले छाडेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

    रास्वपाले छाडेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुको राजीनामा स्वीकृत भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेकी हुन्। रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आइतबार नै मन्त्रीहरुले पनि राजीनामा दिएका थिए। तर, रास्वपाले सरकारमाथिको समर्थन भने तत्कालका लागि कायमै राखेको छ।

    अब उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।