प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक : सञ्चारमन्त्री शर्मा - Chaitanya News
  • 2026-05-14
  • 13:05:32
  • बिहिबार,बैशाख ३१, २०८३
  • प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक : सञ्चारमन्त्री शर्मा

    प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक : सञ्चारमन्त्री शर्मा

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताएकी छन्। नेपाल पत्रकार महासंघको आयोजनामा आज सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने बताइन्।

    उनले महासंघलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव दिन आग्रह गरिन्। उनले सोही आधारमा सुधार गरिदै लैजाने समेत प्रतिवद्धता व्यक्त गरिन्।

    उनले मुलुकको विकास र परिवर्तनका लागि आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले भनिन्, ‘राजनीति र पत्रकारिता अभिन्नरुपमा एक आपसमा जोडिएका छन्। राजनीति र पत्रकारिता जोडिएको थिएन भने देशमा ठूलाठूला परिवर्तन सम्भव पनि थिएन। देशमा भएका राजनीतिक परिवर्तनमा सहकार्य गरेर काँधमा काँध थापेर यहाँसम्म आएको हो।’