कर्णालीका मुख्यमन्त्रीको कर्मचारीलाई ६१ बुँदे निर्देशन [के छ निर्देशनमा] - Chaitanya News
  • 2026-05-01
  • 14:57:08
  • शुक्रबार,बैशाख १८, २०८३
  • कर्णालीका मुख्यमन्त्रीको कर्मचारीलाई ६१ बुँदे निर्देशन [के छ निर्देशनमा]

    कर्णालीका मुख्यमन्त्रीको कर्मचारीलाई ६१ बुँदे निर्देशन [के छ निर्देशनमा]

    काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन्।

    ६१ बुँदे निर्देशनमा सरकारको वर्तमान भौतिक, वित्तीय प्रगति र राजश्वको आम्दानीको अवस्था दयनीय भएकाले लक्ष्य अनुसार प्रतिफल हासिल गर्न चुनौतीको विषय रहेको बताउँदै सचिवहरूले उल्लेखनीय रूपान्तरण गर्न विशेष प्रतिबद्धता र योगदानको अपेक्षा गरेको बताएका छन्।

    शर्माले कार्यगत तहमा समस्या भए प्रशासनिक निकायले द्रुत गतिमा कार्य सम्पादन गरी प्रश्नहरू नउठ्ने वातावरण मिलाउन निर्देशन दिएका छन्।