काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने बताएका छन्।
आइतबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन। आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो।
सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए। कसैले खेदेर डराउँदिनँ। म केही गल्ती गरिहाल्छु कि भनेर जनतासँग मात्रै डराउँछु, उनले भने।
उनले आफू जेल गए पनि रास्वपा अघि बढ्ने बताए। म जेल गए पनि रास्वपा अघि बढ्छ। म मरे वा बहुलाए पनि रास्वपा चल्छ,’ उनले भने।