म विरुद्ध गलत समाचार लेखे कान्तिपुर घेर्छु : लामिछाने - Chaitanya News
  • 2026-05-14
  • 13:05:34
  • बिहिबार,बैशाख ३१, २०८३
  • म विरुद्ध गलत समाचार लेखे कान्तिपुर घेर्छु : लामिछाने

    म विरुद्ध गलत समाचार लेखे कान्तिपुर घेर्छु : लामिछाने

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध गलत समाचार लेखे कान्तिपुर मिडिया घेराउ गर्ने चेतावनी दिएका छन्।

    लामिछानेले आज पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन्।

    तथ्यका आधारमा समाचार लेखे आफूलाई मान्य हुने तर आफूमाथि प्रहार गर्ने नियतले गलत समाचार लेखे आफ्ना समर्थक लिएर कान्तिपुर घर्न पुग्ने बताएका हुन्।

    गलत समाचार लेख्ने मिडियालाई आफूले आफ्नो तरिकाले कारबाही गर्ने लामिछानेको चेतावनी थियो। आफ्ना समर्थक लिएर मिडियाका कार्यालयमा गएर धर्ना दिने उनले बताए।

    पत्रकार सम्मेलनका क्रममा उनले मिडियाले आफूलाई बदनाम गर्न निरन्तर प्रहार गरेको बताएका थिए।

    त्यसक्रममा उनले उकेरा डटकमलाई भने उनले धन्यवाद दिएका थिए। आफ्नोबारेमा तथ्यका आधारमा समाचार लेखेको भन्दै उनले उकेरालाई धन्यवाद दिएका हुन्।

    उनले नामै तोकेर पत्रकारहरुलाई आफूसँग चितवन २ मा चुनाव लड्न आउन चेतावनी पनि दिएका थिए।