ओलीको बोली सुन्दा अहिलेका प्रधानमन्त्री प्रचण्ड होइनन् ओली हुन् : अध्यक्ष केसी - Chaitanya News
  • 2026-05-14
  • 13:05:38
  • बिहिबार,बैशाख ३१, २०८३
  • ओलीको बोली सुन्दा अहिलेका प्रधानमन्त्री प्रचण्ड होइनन् ओली हुन् : अध्यक्ष केसी

    ओलीको बोली सुन्दा अहिलेका प्रधानमन्त्री प्रचण्ड होइनन् ओली हुन् : अध्यक्ष केसी

    काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली सुन्दा अहिलेका प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभएर ओली आफैँ भएको निष्कर्ष निकालेको बताएका छन्।

    आइतबार संसदमा बोल्दै केसीेले संसदमा अध्यक्ष ओलीले बोलेको सबै कुरा सुन्दा अहिलेको प्रधानमन्त्री प्रचण्ड नभएर ओली नै भएको निष्कर्षमा पुगेको बताए।

    ‘हामी यहाँ पहिलेदेखि नै संसदमा बसेका छौँ। उहाँसँगै सरकारमा पनि बसेका छौँ। उहाँले जे जति आकाश पताल जोडेर कुरा गर्नुभयो त्यसको मुख्य कारण भनेको के हो भने– नेपाली कांग्रेसल राष्ट्रपतिमा दाबी गरेको हुनाले सातो पुत्लो उडेको छ। मुख्य कुरा त्यहिँ हो। अरु होइन। उहाँले प्रवासीहरुको विषयमा गोहीको आँशु चुहाउनुभयो,’ उनले भने, ‘राष्ट्रिय मोर्चाले लामो समयदेखि प्रवासीहरुलाई मताधिकार दिनुपर्छ भनेर लड्दै आएको छ। आज त उहाँले गोहीको आँशु चुहाउनुभयो। उहाँको बोलीबाट मैले के निष्कर्ष निकालेको छु भने अहिलेको माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होइनन् उहाँ नै हो।’

    उनले राष्ट्रपतिमा सहमतिमा जानुपर्छ भनेपछि अध्यक्ष ओली आतंकित भएको पनि बताए। उनका अनुसार यसमा आपति हुनुपर्ने कारण के?

    उनले भने, ‘उहाँलाई चिन्ता के हो भने पुष्पकमलजी सहमतिमा जानुपर्छ भनेर कुरा राख्नुभएको छ। २६ गतेदेखि नै उहाँ आतंकित हुनुभएको छ। किन आतंकित हुन परो? हामीले देखेका छौँ, भोगेका छौँ। सर्वोच्चको कुरा यत्तिका गर्नुभयो, सर्वोच्चले संसद भत्काएर कुरा बेठकी छ भन्दा उहाँले पालना गर्नुभयो?

    साथै, अध्यक्ष केसीले पूर्वप्रधानमन्त्रीहरुले जति बोले पनि पाउने सत्याइनुपर्ने पनि बताए। उनले भने, ‘बोल्ने बेला मेरा दुई शब्द यहीँ टुंग्याउँछु भन्ने बोल्नेबेला ३९ मिनेट बोल्ने। अब उहाँहरुलाई पनि बोल्ने निश्चित समय तोकिनुपर्छ।’