काठमाडौँ– नेपाली कांग्रेसका माहामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेस फोबिया बाट कहिले मुक्त हुने भन्दै प्रश्न गरेका छन्।
महामन्त्री शर्माले ओलीको संसदमा सम्बोधन पछि सामाजिक सञ्जालमा सत्तारूढ पार्टीको मुख्य नेताले बिशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण आज संसदमा सुन्नु आफ्ना लागि नौलो अनुभव रहेको टिप्पणी गरेका छन्।
शर्माले पिँजडाको फलामे साङ्लो कसिलो बनाउन जारी प्रयत्नको पक्षमा सुनको बालाको कथाको आरोप भने कमजोर तर्क लागेको बताएका छन्।
शर्माले प्रथम रास्ट्रपतिको चुनाव जित्दैगर्दापनि काँग्रेस प्रतिपक्षमै थियो भन्दै बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास र नबुझ्नेकालागि ढोक्सा भएको बताए।
उनले ओलीलाई काँग्रेस फोबियाबाट तपाईं कहिले मुक्त हुने? भन्दै आज विघटनको पक्षमा बोल्ने साहस भने नराखेकोमा धन्यवाद दिएका छन्।
उनले भनेका छन्
सत्तारूढ पार्टीको मुख्य नेताले बिशेष समय लिएर प्रतिपक्षको चर्को आलोचना गरेको चुनावी भाषण आज संसदमा सुन्नु मेरा लागि नौलो अनुभव रह्यो।
पिँजडा को फलामे साङ्लो कसिलो बनाउन जारी प्रयत्नको पक्षमा सुनको बाला को कथाको आरोप भने कमजोर तर्क लाग्यो।
प्रथम रास्ट्रपतिको चुनाव जित्दैगर्दापनि काँग्रेस प्रतिपक्ष मै थियो। अत बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेकालागि ढोक्साश्रद्देय कमरेड केपी ओली ञकाँग्रेस फोबियाझ बाट तपाईं कहिले मुक्त हुने
विघटनको पक्षमा बोल्ने साहस भने आज राख्नुभएन। धन्यवाद