सरकारले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको पानी वितरण गर्न पहल गर्नुपर्छ : नेता सिंह - Chaitanya News
  • 2026-06-30
  • 07:10:31
  • मंगलबार,आषाढ १६, २०८३
  • सरकारले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको पानी वितरण गर्न पहल गर्नुपर्छ : नेता सिंह

    सरकारले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको पानी वितरण गर्न पहल गर्नुपर्छ : नेता सिंह

    काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले काठमाडौंवासीलाई बाह्रै महिना मेलम्चीको पानी वितरण गर्न पहल गर्नुपर्ने बताएका छन्।आइतबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले खानेपानी आयोजनामा काम गर्ने श्रमिकले साउनदेखि तलब खान नपाएको भन्दै उनीहरूलाई समयमै तलब दिन पनि माग गरे।

    ‘काठमाडौंवासीले दुई दशकभन्दा लामो समय पर्खिएर मेलम्चीको पानी बल्ल–बल्ल चाख्न पाएका छन्। वर्षातको समयमा बन्द हुने वर्षा सकिएपछि मात्रै फेरि पानी वितरण हुने कारणले गर्दा बाह्रै महिना खानेपानीको सुविधा नहुने अवस्था छ,’ सिंहले भने।

    उनले अगाडि भने, ‘बाह्रै महिना खानेपानीको बन्दोबस्त गर्न आवश्यक कदम चाल्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’