अध्यक्ष ओली भन्छन् : राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ  - Chaitanya News
  • 2026-09-08
  • 20:36:38
  • मंगलबार,भाद्र २३, २०८३
  • अध्यक्ष ओली भन्छन् : राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ 

    अध्यक्ष ओली भन्छन् : राष्ट्रलाई अस्थिरताबाट जोगाउन प्रचण्डलाई प्रधानमन्त्री बनायौँ 

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन्।

    प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताए।

    आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ।

    कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए।