चितवन–२ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न कांग्रेसका नेता उमेश श्रेष्ठको माग - Chaitanya News
  • 2026-06-30
  • 07:10:19
  • मंगलबार,आषाढ १६, २०८३
  • चितवन–२ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न कांग्रेसका नेता उमेश श्रेष्ठको माग

    चितवन–२ मा आफूलाई निर्वाचित भएको घोषणा गर्न कांग्रेसका नेता उमेश श्रेष्ठको माग

    काठमाडौं– नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन–२ बाट आफूलाई निर्वाचित भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। चितवन–२ बाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि दोस्रो धेरै मत ल्याएका श्रेष्ठ निर्वाचन आयोग पुगेका हुन्।

    लामिछाने ४९ हजार २ सय ६४ मतका साथ विजयी भएका थिए भने श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएर दोस्रो स्थानमा रहेका थिए।