काठमाडौं– तीनदिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आइपुगेका मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।
आज उच्चस्तरीय भेटघाट क्रममा उनले राष्ट्रपति विद्या भण्डारीसँग भेट्ने कार्यक्रम तय भएको छ।
यसअघि आज बिहान उनले आज बिहान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग भेटेका थिए। त्यसक्रममा उनले दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने र मलेसियामा रहेका नेपाली श्रमिकलाई पनि आफ्नो देशको नागरिकसरह समान ज्याला दिलाउने विषयमा छलफल गरेका थिए।