माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच आलोकनगरमा भेटवार्ता - Chaitanya News
  • 2026-05-14
  • 10:49:45
  • बिहिबार,बैशाख ३१, २०८३
  • माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच आलोकनगरमा भेटवार्ता

    माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच आलोकनगरमा भेटवार्ता

    काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका उपाध्यक्ष तथा सरकारका उपप्रधानमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न नेता श्रेष्ठ पार्टी कार्यालय आलोकनगर पुगेका हुन्।

    भेटमा एकीकृत समाजवादीका वार्ता टोली सदस्यहरु समेत रहेका छन्। यसअघि बिहीबार समाजवादीका नेता डा।विजय पौडेल माओवादी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए।

    दुवै भेट पार्टी एकता र सरकारसँग सम्बन्धित रहेको नेताहरुले बताएका छन्। सत्ता गठबन्धनमा खटपट भइरहेका बेला दुई पार्टी बीचको संवाद बाक्लिएको हो। माओवादी र नेकपा एकीकृतबीच पार्टी एकताको गृहकार्य भएपनि ठोस निष्कर्षमा पुग्न सकेको छैन।