मधेसमा गठबन्धन दलबाट को–को बन्दैछन् मन्त्री? - Chaitanya News
  • 2026-06-28
  • 14:12:43
  • आइतबार,आषाढ १४, २०८३
  • मधेसमा गठबन्धन दलबाट को–को बन्दैछन् मन्त्री?

    मधेसमा गठबन्धन दलबाट को–को बन्दैछन् मन्त्री?

    जनकपुरधाम– मधेस प्रदेशमा आज मन्त्रिमण्डल विस्तार हुन लागेको छ।

    सत्तारूढ दलहरू नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेको श्रोतको दाबी छ।

    प्रदेश सरकारको सातवटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्। जसअनुसार जसपाबाट सुरिता साह, सिंहासन साह कलवार र प्रमोद जयसवाललाई मन्त्री मण्डलमा सामेल गर्न लागिएको हो।

    त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी र शारदा थापा मन्त्री बन्न लागेका श्रोतको दाबी छ। जनमत पार्टीबाट संसदीय दलका नेता महेश यादव र माओवादी केन्द्रबाट भरत प्रसाद साह तथा सुनिता यादवको नाम मन्त्री बन्ने सूचीमा परेको हो।

    गत पुस २९ गते तीन जना विनाविभागिय मन्त्रीसहित मन्त्रीपरिषद् गठन गरेका मुख्यमन्त्री यादव तीन सातापछि मन्त्री मण्डललाई पूर्णता दिन लागेका छन्। मन्त्रीहरूले आजै शपथ ग्रहण गर्न लागेका छन्।