प्रदेश सभा बैठक नागरिक उन्मुक्ती पार्टीको अवरोधका कारण स्थगित - Chaitanya News
  • 2026-05-14
  • 10:49:09
  • बिहिबार,बैशाख ३१, २०८३
  • प्रदेश सभा बैठक नागरिक उन्मुक्ती पार्टीको अवरोधका कारण स्थगित

    प्रदेश सभा बैठक नागरिक उन्मुक्ती पार्टीको अवरोधका कारण स्थगित

    देउखुरी–  लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभा बैठक नागरिक उन्मुक्ती पार्टीको अवरोधका कारण स्थगित भएको छ।

    शुक्रबार बैठक सुरु हुन साथ विशेष समय लिएर नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता धर्मवीर चौधरीले सरकारले थारुहट संघर्ष समिति र सरकारी वार्ता टोली बीच भएको सम्झौता उलंघन गरेको भन्दै प्रदेश सभाको बैठक चल्न नदिने बताए।

    पटकपटक जेलमा रहेका रेशम चौधरीलाई छुटाउन सरकारलाई आग्रह गर्दा पनि वेवास्था गर्नुका साथै हिजो मात्रै प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेका कारण आफूहरुले सांसद चौधरीलाई नछोडेसम्म प्रदेश सभाको बैठक चल्ल नदिने उनले बताए।

    नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेताले बैठक चल्न नदिने बताएपछि उक्त पार्टीका अन्य प्रदेश सभा सदस्य उठेर विरोध जनाएका थिए। सभामुख तुलाराम घर्ती मगरले १५ मिनेटलाई प्रदेश सभा बैठक स्थगित गरेका हुन।