काठमाडौं– श्रीलंका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्ने भएकी छन्।
श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले आज बेलुकी त्यहाँका प्रधानमन्त्री दिनेश गुणवर्द्धनेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्ने छन्।
भेटघाटपछि उनी श्रीलंकाको स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन्।