पाकिस्तानको एक राजमार्गमा बस र ट्रक ठोक्किदा कम्तीमा १८ जनाको मृत्यु - Chaitanya News
  • 2026-10-28
  • 15:10:47
  • बुधबार,कार्तिक १२, २०८३
  • पाकिस्तानको एक राजमार्गमा बस र ट्रक ठोक्किदा कम्तीमा १८ जनाको मृत्यु

    पाकिस्तानको एक राजमार्गमा बस र ट्रक ठोक्किदा कम्तीमा १८ जनाको मृत्यु

    एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबरपाकथुन्क्वा प्रान्तमा बस र ट्रक जुध्दा कम्तीमा १८ जनाको ज्यान गएको छ।

    प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तको कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए।

    विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर हालसम्म बसमा सवार १८ यात्रुको ज्यान गएको बताइएको छ।