रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने - Chaitanya News
  • 2026-05-14
  • 10:49:11
  • बिहिबार,बैशाख ३१, २०८३
  • रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

    रास्वपा तत्काल सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि दुई दिन पर्खिने

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले गृहमन्त्रीका लागि दुई दिन पर्खिने निर्णय गरेको हो।

    यस्तै बैठकले सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णयसमेत गरेको छ। बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए।