एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल पनि सहभागी - Chaitanya News
  • 2026-05-14
  • 09:40:57
  • बिहिबार,बैशाख ३१, २०८३
  • एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल पनि सहभागी

    एकीकृत समाजवादीको बैठकमा घनश्याम भुसाल पनि सहभागी

    काठमाडौं– एकीकृत समाजवादीको सचिवालय बैठकमा घनश्याम भुसाल पनि सहभागी भएका छन्।

    आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा भुसाल पनि सहभागी भएका हुन् । एमाले त्यागेपछि भुसाल एकीकृत समाजवादीको बैठकमा पहिलोपटक सहभागी भएका हुन्।

    उनलाई एकीकृत समाजवादीले महासचिव बनाउने सर्त छ। सोही सर्तअनुसार बिहीबार सचिवालय बैठकमा भुसाल सहभागी भएका हुन्।

    जारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ। विशेषगरी बैठकमा राष्ट्रपतिको निर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन केन्द्रित छलफल भइरहेको छ।