काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने बताएका छन्। रास्वपाका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको फैसलापछि गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल आँफैले राखेका छन्। उनले अब सो मन्त्रालय आफ्नै दलले राख्ने अडान लिएको बेलामा सत्ता गठबन्धनको मुख्य घटक एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
आज (बिहीबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। यद्धपी ओलीले गृहमन्त्रालय रास्वपाले पाउनेमात्रै बताए। तर, यसको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा सो दलले निर्णय लिने कुरा भएको ओलीको भनाई छ।
ओलीले लामिछानेलाई नै गृहमन्त्री बनाउन सकिने पनि आशय व्यक्त गरे। प्रधानमन्त्री दाहालले लामिछानेको फैसलाको पूर्णपाठ नआएकोले बनाउन नसकिने कुरा गर्नुभएको छ नि भन्ने जिज्ञासमा उनले त्यो आवश्यक नभएको प्रतिक्रिया दिएका थिए। उनले भने,‘पूर्णपाठ किन चाहियो? पुराण वाचन गर्ने हो र?