किभ– युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ। हाल युक्रेनको भ्रमणमा रहनुभएका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गरेका हुन।
उनीहरुका बीचमा युक्रेनको राजधानी किभमा बुधबार भेटवार्ता भएको बताइएको छ। सो भेटका क्रममा युक्रेनको सहयोगका विषयमा छलफल भएको बताइएको छ। भेटपछि युक्रेनका राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले जानकारी दिएको छ। रुसले आक्रमण गरेर ध्वस्त भएको युक्रेनका लागि हाल विश्वका देशहरुले सहयोग गर्दै आएका छन्।
युरोपियन युनियनले पनि युक्रेनलाई विगत लामो समयदेखि सहयोग गर्दै आएको छ.। यस क्रममा आफूहरुले पनि युक्रेनलाई सहयोग प्रदान गर्ने प्रतिवद्धता सो क्रममा अष्ट्रियन राष्ट्रपतिले जानकारी दिएका थिए।
त्यस अवसरमा युक्रेनी राष्ट्रपति जेलिनिस्कीले युक्रेनलाई सहयोग गर्दै आएकामा अष्ट्रियालाई धन्यवाद दिएका थिए। युक्रेनलाई अष्ट्रियाले विगतमा गरेर २१ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको थियो। रासस