काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ ।
बिहान सभापति शेरबहादुर देउवाको ‘डेरा’ धुम्बाराहीमा बसेको संसदीय दल कार्य समितिको बैठकले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
कांग्रेस मुख्य सचेतक रमेश लेखकले २३ गते हुने निर्वाचनका लागि २२ गते कांग्रेसका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए ।
उनकाअनुसार बैठकले राष्ट्रिय सभाको उपाध्यक्षका लागि अन्य दलसँगसमेत सल्लाह गरेर व्यक्तिका बारेमा टुङ्गो लगाउने निर्णय गरेको छ ।
राष्ट्रियसभा उपाध्यक्षका लागि माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो ।