११ बजेलाई बोलाएको माओवादी बैठक सर्‍यो - Chaitanya News
  • 2026-06-30
  • 04:02:23
  • सोमबार,आषाढ १५, २०८३
  • ११ बजेलाई बोलाएको माओवादी बैठक सर्‍यो

    ११ बजेलाई बोलाएको माओवादी बैठक सर्‍यो

    काठमाडौँ –  ११ बजेलाई बोलाएको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक ५ घण्टा पछि सरेको छ । अध्यक्ष लगायत शीर्ष नेताको कार्यव्यस्तताले बैठक सरेको नेताहरूले बताएका छन् ।

    ‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्नेगरी सरेको छ’, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भने,‘शीर्ष नेताको कार्यव्यस्तताले सार्नुपरेको हो ।’

    आजको बैठकमा माओवादीले तीन महिना कार्यायोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णय गर्नेछ ।

    त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारी लगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।