राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झा चयन - Chaitanya News
  • 2026-06-05
  • 09:33:37
  • शुक्रबार,जेठ २२, २०८३
  • राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झा चयन

    राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झा चयन

    काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा झालाई चयन गरेको हो। पोखरामा सम्पन्न बोर्ड बैठकले झालाई युवा टोलीको कप्तान मनोनयन गर्ने निर्णय गरेको अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन्।

    युवा क्रिकेटर झाले गत वर्ष यूएई विरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। पहिलो खेलमा २८ रन बनाएका थिए।

    उनले राष्ट्रिय टोलीबाट नौ वटा एकदिवसीय खेल खेलका छन्। जसमा १३८ रन बनाएका छन्।

    त्यस्तै, मध्यम गतिका बलर झाले एकदिवसीयमा आठ विकेट पनि लिएका छन्। एउटा मात्रै टी(२० खेलका झाले एक विकेट पनि लिएका छन्।

    यससँगै उनी क्यानको केन्द्रीय करारमा पनि परेका छन्। क्यान बोर्ड बैठकले पुरुष १८ र महिला १२ खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ। जसमा झालाई ग्रेड ‘सी’मा राखिएको छ।