पार्टीमा ‘राणा शासन’ चलेको भन्दै रास्वपा जिल्ला सभापतिले गरे पार्टी परित्याग - Chaitanya News
  • 2026-05-15
  • 03:05:24
  • बिहिबार,बैशाख ३१, २०८३
  • पार्टीमा ‘राणा शासन’ चलेको भन्दै रास्वपा जिल्ला सभापतिले गरे पार्टी परित्याग

    पार्टीमा ‘राणा शासन’ चलेको भन्दै रास्वपा जिल्ला सभापतिले गरे पार्टी परित्याग

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्।

    पार्टीभित्र देखा परेको अन्तरविरोधका कारण उनले पार्टी परित्यागको घोषणा गरेका हुन्। पार्टी परित्यागसँगै उनले अब स्वतन्त्र रहने घोषणा गरेका छन्। सापकोटाले पार्टीभित्र आन्तरिक लोकतन्त्र नरहेको र आफ्ना भनाई राख्न नपाएको बताएका छन्।

    ‘रास्वपाभित्र आन्तरिक लोकतन्त्र छैन। बोल्न पाइँदैन। राणा शासन जस्तो छ’, सापकोटाले भने।

    सापकोटाले केही दिन अगाडि दिएको राजीनामा स्वीकृत भइसकेको केन्द्रीय सदस्य विपिन कुमार आचार्यले जानकारी दिए।