काठमाडौँ– राप्रपा सांसद धवलशमशेर राणाले सरकारले राप्रपाको मुल्य मान्यतामा आपत्ति जनाए सरकारबाट बाहिरिने चेतावनी दिएका छ्न्।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।
संसदमा विभिन्न मूल्य–मान्यता माग र सिद्धान्त बोक्ने दलहरू भएकाले सरकारले राप्रपाको सिद्धान्तमा आपत्ति जनाए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।राष्ट्रपति र गृह मन्त्रालयको कारण राजनीतिक तरलता आएको भन्दै यसमा राप्रपाको कुनै हात नभएको बताए।
त्यस्तै, एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताएका थिए।
कानुनमन्त्रीले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भए पनि शहरी विकासमन्त्रीको त्यस्तै अभिव्यक्ति आएको भन्दै आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रो नभएको बताए।