रघुजी पन्त भन्छन् : मन्त्री पाण्डेको संघीयताविरोध अधिव्यक्ति आपत्तिजनक - Chaitanya News
  • 2026-05-14
  • 08:36:13
  • बिहिबार,बैशाख ३१, २०८३
  • रघुजी पन्त भन्छन् : मन्त्री पाण्डेको संघीयताविरोध अधिव्यक्ति आपत्तिजनक

    रघुजी पन्त भन्छन् : मन्त्री पाण्डेको संघीयताविरोध अधिव्यक्ति आपत्तिजनक

    काठमाडौँ – सत्तारुढ नेकपा (एमाले) का सांसद एवं पूर्वमन्त्री रघुजी पन्तले संघीयता विरोधी अभिव्यक्ति दिएको भन्दै सहरी विकासमन्त्री विक्रम पाण्डेको आलोचना गरेका छन्।

    संविधान र कानुनविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनलाई समेत अस्वीकार गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहेका मन्त्री पाण्डेले गृहजिल्ला चितवनमा पुगेर संघीयताविरोधी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले संविधान र कानुनको परिधिभित्र रहेर मन्त्रीहरु चल्नुपर्नेमा त्यसविपरीत जानु मुलुकको लागि हितकर नभएको बताए।

    उनले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र वरिष्ठ मन्त्रीहरुलाई डेढ घण्टासम्म भए पनि उपस्थित हुने व्यवस्था गर्न सभामुख देवराज घिमिरेको पनि ध्यानाकर्षण गराए।

    ‘संघीयता र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिने मन्त्रीलाई स्पष्टीकरण सोध्ने प्रधानमन्त्री पुष्पकमल दाहालले चेतावनी दिए पनि राप्रपाले त्यसलाई नमान्ने चेतावनी दियो,’ पन्तले भने, ‘सहरी विकास मन्त्री बनेको पहिलो पल्ट चितवन पुगेका मन्त्री पाण्डेले हामीले संघीयता स्वीकार गरेका छैनौं भन्नु भयो।’