फैसलाको हतौडा ठोकेर भन्नुहोस्, लाल आयोगको प्रतिवेदन कहाँ छ? : सांसद रञ्जिता चौधरी - Chaitanya News
  • 2026-05-01
  • 09:23:22
  • शुक्रबार,बैशाख १८, २०८३
  • फैसलाको हतौडा ठोकेर भन्नुहोस्, लाल आयोगको प्रतिवेदन कहाँ छ? : सांसद रञ्जिता चौधरी

    फैसलाको हतौडा ठोकेर भन्नुहोस्, लाल आयोगको प्रतिवेदन कहाँ छ? : सांसद रञ्जिता चौधरी

    काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठ चौधरीले लाल आयोगको प्रतिवेदन कहाँ छ? भन्दै प्रश्न गरेकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोृल्दै उनले निर्दोष थारुहरूलाई थुनेर राज्यले आफूहरूलाई मात्र दोषी देख्नुमा चित्त दुखाइ भएको बताइन्।

    ०७४ मा रेशम चौधरी र अहिले आफूलगायत पार्टीका अरू सांसदहरूलाई न्यायको पक्षमा आवाज उठाउन जनताले जनमत दिएको उनको भनाइ छ।

    निर्दोष थारुको पक्षमा आवाज उठाइरहन्छु। न्यायका लागि आवाज उठाउँछौँ। हाम्रो आवाज छिट्टै सुनियोस्, जनमतको कदर होस्। निर्दोष थारुहरू थुनेर थारुलाई मात्र दोषी राज्यले देख्नुमा हाम्रो चित्त दुखाइ छ,” उनले भनिन्, “न्यायको आवाज उठाउन यहाँ पठाइएको हो। न्यायको बोली बोल्नुहोस्, सडकको आवाज सुनिएन, अब सदनमा गएर बोल्नुहोस् भनेर जनताले हामीलाई मत दिएका हुन्। सभामुख महोदय, फैसलाको हतौडा ठोकेर भन्नुहोस्, लाल आयोगको प्रतिवेदन कहाँ छ?