हेटौँडा उपमहानगरपालिकाले हटायो करारका ७१ जना कर्मचारी - Chaitanya News
  • 2026-05-01
  • 09:23:22
  • शुक्रबार,बैशाख १८, २०८३
  • हेटौँडा उपमहानगरपालिकाले हटायो करारका ७१ जना कर्मचारी

    हेटौँडा उपमहानगरपालिकाले हटायो करारका ७१ जना कर्मचारी

    हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ। ७१ जना कर्मचारीहरूको पुस मसान्तसम्मको म्याद नथप्ने निर्णय भएसँगै उनीहरुको जागिर गएको हो।

    उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तहसम्मका ७१ जना कर्मचारी करारमा कार्यरत थिए। उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट करारमा कार्यरत कर्मचारीहरूको म्याद नथप्ने निर्णय भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए।

    न्यौपानेले यसअघिका जनप्रतिनिधिबाट तोकआदेशकै भरमा करारमा नियुक्त भएकाको म्याद नथपिएको बताए। ‘कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्राविधिक कर्मचारीको पुस मसान्तसम्मको म्याद थप नगरिएको हो,’ न्यौपानेले भने।

    हटाइएका कर्मचारीहरूलाई करारमा नियुक्त गर्दा परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगएिको र तोकआदेशका भरमा जागिर खाएकाले हटाइएको १ नम्बर वडा अध्यक्षसमेत रहेका प्रवक्ता न्यौपानेले बताए।

    म्याद नथप्ने निर्णयले लामो समयदेखि नगरपालिकामा काम गर्दै आएका करारका कर्मचारीहरूसमेत हटेका छन्। उपमहानगरपालिकाको अघिल्लो कार्यकालमा निवर्तमान मेयर हरिबहादुर महतले थुप्रैलाई करारमा नियुक्त दिएका थिए।