गेटा कलेजमा घाँस उम्रिएको छ, राज्यको त्यत्रो सम्पत्ति घाँस उमार्न बनाइएको हो? : सांसद बलायर - Chaitanya News
  • 2026-05-14
  • 08:36:32
  • बिहिबार,बैशाख ३१, २०८३
  • गेटा कलेजमा घाँस उम्रिएको छ, राज्यको त्यत्रो सम्पत्ति घाँस उमार्न बनाइएको हो? : सांसद बलायर

    गेटा कलेजमा घाँस उम्रिएको छ, राज्यको त्यत्रो सम्पत्ति घाँस उमार्न बनाइएको हो? : सांसद बलायर

    काठमाडौं– नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशमा बनाइएको गेटा कलेज सञ्चालन नगरिँदा उपलब्धिहीन भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सुदूरपश्चिम केन्द्रबाट उपेक्षित भएको बताए।

    बितेका पाँच वर्षमा कुनै पनि गौरवको र राष्ट्रिय आयोजना सुदूरपश्चिमले नपाएको उनले बताए। बनेको एउटा मेडिकल कलेज पनि चलाउन नपाएको उनले दुःखेसो पोखे।

    पाँच वर्षमा राष्ट्रिय गौरवको आयोजना सुदूरपश्चिमले पाउने कुरा पर जाओस्, केन्द्रीय योजना पनि पाउन सकेन,” उनले भने, “गेटा कलेज सुचारु हुन सकेन। सरकार सुचारु गर्न तयार भएन। त्यत्रो पूर्वाधार बनाएको छ, त्यहाँ घाँस उम्रिएको छ। राज्यको त्यत्रो सम्पत्ति खोलेर घाँस उमार्नका लागि बनाइएको हो? यहाँका जनता गरिब छन् र उनीहरूलाई स्वास्थ्यमा पहुँच पुयाउन यो सञ्चालन जरुरी छ।”

    उनले केन्द्र सरकार अधिकार विकेन्द्रीकरण गर्न हिचकिचाएको आरोप लगाए । सुदूरपश्चिम सरकारले अधिकार नपाउँदा पूर्वाधार पनि बन्न नसकेको उनको भनाइ छ।