माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित - Chaitanya News
  • 2026-06-30
  • 02:15:45
  • सोमबार,आषाढ १५, २०८३
  • माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

    माओवादी केन्द्रको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ – सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आज (बुधबार) का लागि बोलाएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित गरेको छ । बैठक भोलि (बिहीबार) बस्ने गरी वैठक सरेको महासचिव देव गुरुङले जानकारी दिएका छन् ।

    आवश्यक तयारी नपुगेको र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताको कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ ।

    माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो । यसअघि पनि वैठकको गृहकार्य नपुगेको भन्दै आजका लागि सारिएको थियो ।