काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमै पुनरवलोकलन निवेदन दायर भएको छ।
नेपाली टोलीका पूर्व कप्तान समेत रहेको लामिछाने नाबालिकलाई बलात्कार गरेको अभियोजमा पुर्पक्षका लागि थुनामा थिए। तर, उनलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको थियो।
उनलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको थियो। तर, त्यो आदेश उल्ट्याउँदै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशअनुसार धरौटी बुझाएर छुटेका सन्दीपलाई छोड्ने उक्त आदेशमाथि पुनरवलोकन गर्न माग गर्द निवेदन दायर गरिएको हो।