विदेशका जेलमा परेका नेपालीलाई उद्धार गर्न पहल भइरहेको छ : मन्त्री अर्याल - Chaitanya News
  • 2026-05-14
  • 08:36:36
  • बिहिबार,बैशाख ३१, २०८३
  • विदेशका जेलमा परेका नेपालीलाई उद्धार गर्न पहल भइरहेको छ : मन्त्री अर्याल

    विदेशका जेलमा परेका नेपालीलाई उद्धार गर्न पहल भइरहेको छ : मन्त्री अर्याल

    काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीका क्रममा विदेशका जेलमा परेका नेपालीलाई उद्धार गर्न पहल भइरहेको बताएका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले यसका लागि आवश्यक तथ्यांक संकलन भइरहेको बताए।

    “जति पनि नेपाली विदेशका जेलमा अलपत्र भएका छन्, ती नेपालीको उद्धार सरकारले गर्ने तयारी गरिरहेको छ। त्यसका लागि आवश्यक तथ्यांक संकलन हुन थालेको छ,” उनले भने, “यसका लागि आवश्यक पहल गर्न मैले निर्देशन दिएको छु। काम पनि अगाडि बढेको छ।”

    सरकारले यस्ता श्रमिकलाई उद्धार गर्न सक्ने क्षमता भएको भन्दै मन्त्री अर्यालले अब कोही पनि राज्य नभएको जस्तो गरेर विदेशमा अलपत्र नहुने दाबी गरे। त्यसको खोजी राज्यले गर्ने उनको भनाइ छ।

    देशमा रोजगारीको वातावरण तयार गर्न देशका सातवटै प्रदेशमा रोजगार मेला गर्ने पनि उनले बताए। मन्त्रालयको वेबसाइटमा रोजगार प्राप्त हुने ठेगाना र रोजगारदाताको सम्पर्क नम्बर पनि उपलब्ध गराउने गरी काम भइरहेको उनले बताए।