परराष्ट्रमन्त्री पौड्याल र बंगलादेशका राजदूत चौधरीबीच सिंहदरमा भेटवार्ता - Chaitanya News
  • 2026-05-14
  • 08:36:32
  • बिहिबार,बैशाख ३१, २०८३
  • परराष्ट्रमन्त्री पौड्याल र बंगलादेशका राजदूत चौधरीबीच सिंहदरमा भेटवार्ता

    परराष्ट्रमन्त्री पौड्याल र बंगलादेशका राजदूत चौधरीबीच सिंहदरमा भेटवार्ता

    काठमाडौं– परराष्ट्रमन्त्री बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ।

    सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी छन्।

    मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको छ।

    राजदूत चौधरीले श्रीलंकाको ७५औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुने बंगलादेशी विदेशमन्त्री डा। एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्र मन्त्री पौड्यालसँग अनुरोध गरेका छन्।