‘चितवनलाई पछिल्लो समय राजनीतिक प्रयोगशाला बनाइएको छ : खनाल - Chaitanya News
  • 2026-05-14
  • 07:35:38
  • बिहिबार,बैशाख ३१, २०८३
  • ‘चितवनलाई पछिल्लो समय राजनीतिक प्रयोगशाला बनाइएको छ : खनाल

    ‘चितवनलाई पछिल्लो समय राजनीतिक प्रयोगशाला बनाइएको छ : खनाल

    काठमाडौँ — नेपाली कांग्रेसका चितवनका सभापति राजेश्वर खनालले चितवन पछिल्लो समय राजनीतिको प्रयोगशाला बनेको बताएका छन्। उनले गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले टिकट वितरणमा चितवनलाई अन्याय गर्दा मतदाताको ध्यान भड्किएको दाबी गरे।

    नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति खनालले चितवन–२ मा चर्चा भइरहेको उपनिर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए।

    ‘चितवनलाई पछिल्लो समय राजनीतिक प्रयोगशाला बनाइएको छ, यहाँका मतदाताको धैर्यताको परीक्षण भइरहेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसजस्तो पार्टीले जसको भुगोलमा प्रभाव छ, उसलाई टिकट दिएन। टिकट वितरणमा कांग्रेसले बुद्धि नपुर्‍याउँदा चितवनको राजनीतिमा यो उतारचढाव भइरहेको छ।’

    उनले जनताले रवि लामिछानेको धरातल नबुझिकन मतदान गर्दा अहिले यो परिणाम हात लागेको बताए। ‘मतदातालाई ठूला दलले हेपेको महसुस भयो। र, रवि लामिछानेको हावा चल्यो, त्यसले देशभर प्रभावित पार्‍यो,’ खनालले अघि भने, ‘पार्टी खोलेको तीन महिनामै रवि लामिछानेले चुनाव जिते, गृहमन्त्री पनि भए। तर, एक महिनामै उनको यो हविगत भएको छ। चितवन–२ जनप्रतिनिधिविहीन भएको छ।’

    उनले अब उपनिर्वाचन भए चितवन–२ ले फरक परिणाम दिने दाबी गरे। ‘हिजो मतदाताले चिनेका थिएनन्, अब रवि लामिछाने को हुन्उ? नले कस्ता कस्ता कर्तुत गरिसकेका रहेछन्भ? नेर बुझेका छन्,’ उनी भन्छन्, ‘नागरिकतामा जालसाजी गरेको छ, पासपोर्टको मुद्दा अनुसन्धान भएको छैन। सांसद् पद नै खुस्किसकेको छ। तर रविजीलाई नै अहिले गृहमन्त्री नभई नहुने भनेर सुनिरहेका छौं।’