रविलाई गृह दिन प्रधानमन्त्रीको आनाकानी, एमाले भने सकारात्मक - Chaitanya News
  • 2026-05-14
  • 07:35:41
  • बिहिबार,बैशाख ३१, २०८३
  • रविलाई गृह दिन प्रधानमन्त्रीको आनाकानी, एमाले भने सकारात्मक

    रविलाई गृह दिन प्रधानमन्त्रीको आनाकानी, एमाले भने सकारात्मक

    काठमाडौं  – सत्ता गठबन्धनमा विस्तारै असमझदारी बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व सहमतिअनुसार नै गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने भन्दै दबाव बढाएपछि गठबन्धनमा फाटो बढ्दै गएको हो ।

    रास्वपाका सभापति रवि लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर गृह मन्त्रालय आफ्नो पार्टीलाई नै दिन प्रस्ताव गरिरहेका छन् । तर प्रधानमन्त्रीले भने आनाकानी गरेको रास्वपाले जनाएको छ ।

    रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपाले नै गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रस्ताव गरिएको भए पनि जवाफ सकारात्मक आइनसकेको जानकारी दिएका छन् । प्रधानमन्त्रीले सल्लाह गरौंला, बिचार गरौंला भनेर आनाकानी गरिरहनु भएको छ,’ सहमहामन्त्री बुर्लाकोटीले भने ।

    मंगलवार विहान पनि लामिछानले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर गृह मन्त्रालय आफूलाई दिन आग्रह गरेका थिए । राहदानीसम्बन्धि विवाद कायमै रहेकाले विवादित व्यक्तिलाई नै सरकारमा सामेल गराउन नहुने पक्षमा प्रचण्ड छन् ।

    यता लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आफू नै गृहमन्त्री हुने र त्यसका लागि लबिङ गरिदिन आग्रह गरेका थिए । एमाले भने लामिछानेलाई नै गृहमन्त्री दिन सकारात्मक छ । तर माओवादी केन्द्रका नेताहरुले भने गृह मन्त्रालय माओवादी केन्द्रले नै पाउनुपर्ने बताइरहेका छन्।

    गृह मन्त्रालय तथा राष्ट्रपतिको निर्वाचनबारे पार्टीका नेताहरुको धारणा सुन्न आज पनि पदाधिकारी बैठक चलिरहेको छ ।

    यसैबीच रास्वपाले गृह मन्त्रालय नपाए प्रचण्ड नेतृत्वको सरकार छोड्ने चेतावनी दिएको छ । सहमहामन्त्री बुर्लाकोटीले पनि पार्टी उक्त निर्णय गर्न बाध्य हुने बताएका छन् ।