६ थुनुवा फरार भएपछि इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए, तीन निलम्बित - Chaitanya News
  • 2026-05-01
  • 08:02:12
  • शुक्रबार,बैशाख १८, २०८३
  • ६ थुनुवा फरार भएपछि इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए, तीन निलम्बित

    ६ थुनुवा फरार भएपछि इन्सपेक्टरसहित सबै प्रहरी जिल्ला तानिए, तीन निलम्बित

    काठमाडौं –  धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि त्यहाँको सम्पूर्ण प्रहरीलाई जिल्ला तानिएको छ ।

    इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई सोमबार नै जिल्ला तानिएको हो । त्यहाँ रातिको समय डिउटी बसेका तीनजना प्रहरी जवानलाई निलम्बन समेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले प्रहरी नायव निरीक्षक ९सई० मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए ।

    जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ ।

    अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।