माओवादीको पदाधिकारी बैठक बस्दै - Chaitanya News
  • 2026-05-15
  • 02:07:39
  • बिहिबार,बैशाख ३१, २०८३
  • माओवादीको पदाधिकारी बैठक बस्दै

    माओवादीको पदाधिकारी बैठक बस्दै

    काठमाडौं –  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबार पनि बस्दैछ ।

    सोमबारबाट सुरू भएको पदाधिकारी बैठक मंगलबार पनि बस्न लागेको हो । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

    बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

    सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ ।