एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने - Chaitanya News
  • 2026-05-15
  • 02:07:39
  • बिहिबार,बैशाख ३१, २०८३
  • एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने

    एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने

    माडौँ-  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाउने भएको छ ।

    आज (मंगलबार) बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

    चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयात बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको हो ।