अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको नेपाल भ्रमण किन ? - Chaitanya News
  • 2026-05-01
  • 08:02:51
  • शुक्रबार,बैशाख १८, २०८३
  • अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको नेपाल भ्रमण किन ?

    अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको नेपाल भ्रमण किन ?

    काठमाडौं –  दुई दिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले प्रचण्ड नेतृत्वको सरकारसँग सम्बन्ध विस्तार र सहकार्यमा आफूहरूको जोड रहेको बताइन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरेर उनले सो कुरा बताएकी हुन् ।

    राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री रहेकी न्युल्याण्डले सोमबार नेपालका शीर्षनेताहरूसँग भेटवार्ता सकेकी छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गरिन् ।

    उनले दुई देशबीचको सम्बन्ध र सहकार्यमा उनी केन्द्रीत भइन् । उनले प्रधानमन्त्रीसँगको भेटमा अमेरिकालाई नेपालले प्राथमिकता दिनुपर्ने र विश्वराजनीतिक विषयमा साथ दिनुपर्नेमा जोड दिइन् ।