राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल - Chaitanya News
  • 2026-05-15
  • 02:08:03
  • बिहिबार,बैशाख ३१, २०८३
  • राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल

    राष्ट्रपति र गृहमन्त्रीको विवादले सत्ता गठबन्धनमा हलचल

    काठमाडौं । राष्ट्रपति र गृहमन्त्री पद वितरणको विषयलाई लिएर सत्ता साझेदार दलहरूबीच हलचल उत्पन्न भएको छ ।

    गत पुस १० को सहमतिअनुसार राष्ट्रपति पाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अडान र सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउने नेकपा (माओवादी केन्द्र) को निर्णयका कारण गठबन्धनभित्र विवाद उत्पन्न भएको हो ।

    त्यस्तै, नागरिकता विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री पद गुमापछि गृहमन्त्री कसलाई बनाउने र राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्री र सत्ता सहयात्राका मुख्य पात्र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

    प्रचण्डले गृह मन्त्रालय आफैंले राख्ने र राष्ट्रपति साझा व्यक्ति बनाउने संकेत गरेपछि एमाले अध्यक्ष ओली झस्कनुभएको छ ।