तोमनाथ उप्रेती: उपसचिव, नेपाल सरकार: सार्वजनिक वित्तीय व्यवस्थापन राज्यको आर्थिक अनुशासन, संस्थागत विश्वसनीयता र लोकतान्त्रिक उत्तरदायित्वको महत्त्वपूर्ण आधार हो। सरकारले नागरिकबाट सङ्कलन गरेको राजस्व, प्राप्त गरेको अनुदान, परिचालन गरेको ऋण तथा उपयोग गरेको सार्वजनिक सम्पत्तिको व्यवस्थापन कसरी गर्छ भन्ने प्रश्नसँग राज्यप्रतिको जनविश्वास प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। सार्वजनिक स्रोतको उपयोग कानुनसम्मत, मितव्ययी, प्रभावकारी र न्यायोचित हुनुपर्छ।…