तोमनाथ उप्रेती: समकालीन विश्व मानव सभ्यताको इतिहासमै अभूतपूर्व भौतिक प्रगति, वैज्ञानिक आविष्कार र प्रविधिक रूपान्तरणको चरणमा प्रवेश गरेको छ। औद्योगिक क्रान्तिदेखि डिजिटल क्रान्तिसम्म आइपुग्दा मानवले प्रकृति, समय, दूरी र उत्पादनका सीमामाथि उल्लेखनीय नियन्त्रण स्थापित गरेको छ। कृत्रिम बुद्धिमत्ता, अन्तरिक्ष प्रविधि, जैविक विज्ञान, स्वचालन, सूचना–सञ्चार र आधुनिक चिकित्सा क्षेत्रमा भएका उपलब्धिले मानव जीवनलाई पहिलेभन्दा सहज, गतिशील…