मैले यसपटक सुशासन, विकास र समृद्धिको रेकर्ड बनाउन आवश्यक छ : प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-11
  • 07:42:41
  • सोमबार,बैशाख २८, २०८३
  • मैले यसपटक सुशासन, विकास र समृद्धिको रेकर्ड बनाउन आवश्यक छ : प्रधानमन्त्री

    मैले यसपटक सुशासन, विकास र समृद्धिको रेकर्ड बनाउन आवश्यक छ : प्रधानमन्त्री

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले यसपटक सुशासन, विकास र समृद्धिका केही रेकर्डहरू बनाउनुपर्ने आवश्यकता रहेका बताएका छन्।

    राष्ट्रिय सहिद तथा बेपत्ता स्मृति स्मारक उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा राष्ट्र र जनताका पक्षमा केही मानक र केही रेकर्डहरु बनाउनुपर्ने बाध्यता रहेको सुनाए।

    ‘परिवर्तनबाट सुशासन र विकासको जो अपेक्षा थियो, भनेको जस्तो भएन कि भन्ने चिन्ता जनताका मनमा छ।’ उनले भने,‘यस्तो बेलामा प्रधानमन्त्रीका हैसियतले मैले यो पटक सुशासन, विकास र समृद्धिका केही मानकहरु, केही रेकर्डहरू बनाउनु छ।’

    विकासका ठूला प्रोजेक्टहरू मार्फत् रोजगारी सिर्जना गर्ने देखि, वैदेशिक रोजगारमा जानेको व्यवस्थापनका लागि आफूले केही योजनाहरू सोचिरहेको प्रचण्डको भनाइ थियो।

    ‘मैले आफ्नो जीवनको उत्तरार्द्धमा अब सम्पूर्ण रुपले सुशासन र विकासको निम्ति काम गर्ने, त्यसबाहेक अरू नगर्ने भनेर मैले निर्वाचन अगाडि भनेको छु, प्रधानमन्त्री भएपछि पनि त्यो प्रतिवद्धता गरिरहेको छु।’ प्रचण्डले थपे।

    उनले छुटेका सहिदको खोजीका लागि पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।