शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञापन संशोधन - Chaitanya News
  • 2026-06-16
  • 21:56:52
  • मंगलबार,आषाढ ०२, २०८३
  • शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञापन संशोधन

    शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञापन संशोधन

    काठमाडौँ-  शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनको सूचना संशोधन गरेको छ।

    आयोगले  सोमबार एक सूचना प्रकाशन गर्दै पुस २५ गते माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानव स्रोत विकाश केन्द्रबाट केही विषयहरूका पदहरूमा संशोधन भई आएकोले साबिकका पदहरूमा संशोधन गरिएको जनाएको हो।

    आयोगको यहि १५ गतेको निर्णयअनुसार संशोधन गरिएको हो । संशोधित विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट भित्र डाउनलोड/ सूचना / विज्ञापन ट्याब बाट प्राप्त गर्न र हेर्न सकिने छ ।