पुष्प र वर्षाको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक - Chaitanya News
  • 2026-05-24
  • 20:36:57
  • आइतबार,जेठ १०, २०८३
  • पुष्प र वर्षाको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक

    पुष्प र वर्षाको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को ट्रेलर सार्वजनिक

    काठमाडौं– पुष्प खड्का र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘मनसँग मन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।

    सार्वजनिक ट्रेलरमा पुष्प र वर्षाबीचको प्रेमसम्बन्धलाई देखाइएको छ।साथमा पुष्पको द्धन्द्धका दृश्यहरू समेत ट्रेलरमा प्रस्तुत गरिएको छ।

    कैलाश राईको निर्देशनमा तयार यो फिल्म यही माघको २७ गतेबाट प्रदर्शनमा आउँदैछ।अरुण तामाङ निर्माता रहेको फिल्ममा पुष्प र वर्षासँगै बुद्धि तामाङ, महेन्द्र बागदास, चाँदनी प्रधान लगायतको पनि अभिनय छ।

    पल शाह र पूजा शर्माको नृत्य रहेको गीतलाई समेत ट्रेलरमा स्थान दिइएको छ। यो फिल्मको एउटा गीतमा पल र पूजाले नृत्य गरेका छन्।

    फिल्मको प्रदर्शन मिति नजिकिएपनि कलाकारहरू प्रचारप्रसारमा भने सक्रिय देखिएका छैनन्।