कांग्रेस सभापति शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डबीच भेट - Chaitanya News
  • 2026-05-11
  • 07:42:27
  • सोमबार,बैशाख २८, २०८३
  • कांग्रेस सभापति शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डबीच भेट

    कांग्रेस सभापति शेरबहादुर देउवा र अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डबीच भेट

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्डबीच भेटवार्ता भएको छ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको धुम्बाराही स्थित निवासमा दुई जनाबीच भेटवार्ता भएको हो।

    उपविदेशमन्त्री न्युल्यान्डसँग भएको भेटवार्ताको तस्बिर देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् सार्वजनिक गरेका छन्।

    तस्बिरसँगै उनले नेपाल र अमेरिकाबिचको द्विपक्षीय सम्बन्ध र लोकतन्त्र, विकास र सुशासनमा सहयोगलाई अझ सुदृढ बनाउने उपायहरूबारे छलफल भएको पनि उल्लेख गरेका छन्।

    नेपाललाई अमेरिकाले निरन्तर गर्दै आएको सहयोग उच्च मूल्यवान रहेको भन्दै सभापति देउवाले निरन्तर सहयोगका लागि धन्यवाद दिएको बताएका छन्।